शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकका ग्राहकलाई हेल्थ केयर अस्पतालमा छुट

आइतबार, ०३ वैशाख २०८०, २२ : १८
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसूति गृह प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. मञ्जु बिसी शाहले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले अस्पतालमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग तथा क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप