काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म
काठमाडौं । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ । शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्।
काँक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ । काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ।
कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण