नेप्से सूचक २३ अंकले घट्यो, ९२ करोडको कारोबार
काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ । आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा सोमबार थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो । २३ अंक बढीले नेप्से सूचक घट्दै गर्दा यता आज कारोबार रकम समेत ९२ करोड ७८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बैङ्किङ समूहको उपसूचक १.०२ प्रतिशतले घटेको छ भने विकास बैङ्क समूहको उपसूचक १.८८ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.६७ प्रतिशतले, इन्भेस्टमेन्ट समूह १.५८ प्रतिशतले घटेको छ ।
यस्तै फाइनान्स समूहको उपसूचक १.८० प्रतिशतले घटेको छ भने जीवन बीमा र निर्जीव बीमा समूहको उपसूचक क्रमशः १.५५ र ०.६७ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् । आज पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज ब्लूचिफ फण्डको मूल्य ६.२५ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण