स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ
काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वैशाख १० मा तनहुँ–१ बाट लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन् । सोमबार तनहुँ – १ मा तरुण भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस उम्मेदवार भट्टराईसँग राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको तुलना हुन नसक्ने बताए ।
‘स्वर्णिम वाग्ले डलर खेतिमा लागेका बेला गोविन्द भट्टराई तनहुँबासीलाई पानी खुवाउन तल्किन हुनुहुन्थ्यो,’ गुरुङले भने, ‘उहाँ अर्को ठाउँबाट यहाँ चुनाव लड्न आउनु भएको होइन । उहाँ यही ठाउँमा जन्मिएर, हुर्किएर तनहुँको बिकासको लागि समर्पित हुनु भएको व्यक्ति हो ।’
विभिन्न आन्दोलनमा योगदान दिएको ऐतिहासिक जिल्ला तनहुँले अन्दोलनबाट उदाएको नेता भट्टराईमाथि न्याय गर्ने उनले बताए । फागुन २५ मा राष्ट्रपति पाएको तनहुँले वैशाख १० मा भट्टराईलाई संघीय संसदमा पठाउने गुरुङले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण