एसबिआई बैंकको कर्पोरेट अफिसको उद्घाटन
काठमाडौँ । नेपाल एसबिआई बैंकले कमलादीस्थित बेंकको कर्पोरेट अफिसको उद्घाटन गरेको छ ।
भारतीय सेन्टर बैंकका अध्यक्ष दिनेश खारा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् ।
उक्त समारोहमा भारतीय सेन्टर बैंकका प्रमुख कार्यकारी अधिकृत चल्ला श्रीनिवासुलु शेट्टी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार दे, नेपाल एसबिआई बैंकका सञ्चालक अप्सरा उप्रेति, नेपाल एसबिआई बैंकका स्वतन्त्र सञ्चालक गोपाल पसाद भट्ट, बैंकका वैकल्पिक संचालक शान्त गौतम, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरंजन, प्रमुख संचालन अधिकृत श्रीयादवेंद«्र कांत, नयाँ व्यवसाय प्रवर्द्धन सल्लाहकार छपिराज पन्त साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।
यसअघि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेशर क्लिनर, वेट एण्ड ड्राई भ्याक्यूम क्लिनर र दश डस्टबीन प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण