फिल्म ‘निरमाया’ ले अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट थाल्ने
काठमाडौँ । मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट हुने भएको छ ।
निर्माता अनन्त तिमल्सिनाले फिल्मको विदेश प्रदर्शन जापानबाट गर्न लागिएको जानकारी दिए ।
एनोदर चान्स नेपाल, एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले फिल्म जापानमा प्रदर्शन गर्न लागेको हो । अप्रिल २९ तारिकमा फिल्म टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा प्रदर्शन हुनेछ ।
जातीय छुवाछुतविरुद्धको सन्देश दिने फिल्ममा रमेश बुढाथोकीको मुख्य भूमिका रहेकोछ । रमेश कोइरालाले निर्देशन गरेको फिल्म अनन्तसँग महेश तिमल्सिना, रोजा तिमल्सिना र रमेश दाहालले निर्माणमा सहकार्य गरेका छन् ।
फिल्ममा रमेश बुढाथोकीको अलवा लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण