देउवा र नेपालसँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले गरे भेट

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
प्रमुख चौथाइवालेले मंगलबार उनीहरुलाई छुट्टा छुट्टै भटेका हुन् ।
भेटमा दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक राजनीतिक, कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ । पार्टी पार्टीबीचको सम्बन्धका बारेमा पनि छलफल भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारतबाट सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवाले सो सम्मेलन सम्पन्न गरेर सोमबार काठमाडौँ आइपुगेका थिए । उनी काठमाडौँमा विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।
मंगलबार नै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका छन् । उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
वैशाखको अन्तिम हप्ता हुन गइरहेको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि प्रमुख चौथाईवालेले छलफल गरिरहेको बुझिएको छ । उनी वैशाख ७ गते भारत फर्किने बताइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता