देउवा र नेपालसँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले गरे भेट
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
प्रमुख चौथाइवालेले मंगलबार उनीहरुलाई छुट्टा छुट्टै भटेका हुन् ।
भेटमा दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक राजनीतिक, कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ । पार्टी पार्टीबीचको सम्बन्धका बारेमा पनि छलफल भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारतबाट सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवाले सो सम्मेलन सम्पन्न गरेर सोमबार काठमाडौँ आइपुगेका थिए । उनी काठमाडौँमा विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।
मंगलबार नै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेका छन् । उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
वैशाखको अन्तिम हप्ता हुन गइरहेको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि प्रमुख चौथाईवालेले छलफल गरिरहेको बुझिएको छ । उनी वैशाख ७ गते भारत फर्किने बताइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण