आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

राष्ट्रिय परिचयपत्रबारे रविको निर्णय खारेज, जग्गाको कित्ताकाट खुलाइने

खोकना जग्गा समस्या समाधान गर्न मन्त्री खड्काको नेतृत्वमा समिति गठन
मङ्गलबार, ०५ वैशाख २०८०, २१ : २४
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ ।  राष्ट्रिय परिचयपत्रबारे पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय खारेज गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।

‘तत्कालीन गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको छ,’ ती अधिकारीले भने,‘ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।’ पुस ११ मा गृहमन्त्रीको कार्यभार समालेपछि लामिछानेले कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्रमा संकलित वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय गरेका थिए । 

यस्तै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू(उपयोग नियमावली २०७९ संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरिएको जानकारी दिइन् ।

यस्तै बैठकले फस्ट ट्याक अन्तर्गत ललितपुर खोकनामा देखिएको जग्गा विवाद समाधान गर्न उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ । समितिले सरोकारवालासँग छलफल गरेर द्रुतमार्ग निर्माणलाई तीव्रता दिन सहजीकरण गर्दै द्रुत मार्ग निर्माण अघि बढाउनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप