बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

द्रुतमार्ग अन्तर्गत खोकना जग्गा समस्या समाधान गर्न रक्षा मन्त्री खड्काको नेतृत्वमा समिति गठन

मङ्गलबार, ०५ वैशाख २०८०, २० : ११
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । सरकारले फस्ट ट्याक अन्तर्गत ललितपुर खोकनामा देखिएको जग्गा विवाद समाधान गर्न उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्काको संयोजकत्वमा समिति गठन गरेको सूचना तथा संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार समितिले सरोकारवालासँग छलफल गरेर द्रुतमार्ग निर्माणलाई तिव्रता दिन सहजीकरण गर्दै द्रुत मार्ग निर्माण अघि बढाउनेछ । खोकनावासीले द्रुतमार्गमा अवरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप