उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ ।
निर्वाचन प्रयोजनका लागि लागू भएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (५) मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ ।
यो व्यवस्था नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाउन् भन्ने उद्देश्यले राखिएको आयोगले स्पष्ट पारेको छ ।
आयोगका सहायक प्रवक्ता गुरूप्रसाद वाग्लेले आज विज्ञप्ति जारी गरी उपनिर्वाचन हुन गइरहेका जिल्लामा हेलिकप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको र यातायातको सहज पहुँच रहेको उल्लेख गरेका छन् । विज्ञप्तिमा यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्तसमेतको प्रतिकूल हुने भएकाले उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकलाई हेलिकप्टर सेवा प्रयोग नगर्न सूचित गरिएको छ ।
निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमतिविना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन आयोगले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण