सांसद सिंहले भने–ठूला नेता नछोडौं, भ्रष्टाचार गरे मेरै पार्टीका नेतालाई पनि कारबाही गरौं
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला दलका नेताले गरेको भ्रष्टाचारका मुद्दाहरुलाई तामेलीमा राखेर काम नगर्ने गरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार मुद्दामा तल्लो तहका कर्मचारी बाहेक अरुको बयान लिएको आफूले नपाएको उनले बताए । कारबाहीमा खरीदार सुब्बामात्र परेको र योजनाकारहरु एकजनापनि नपरेको उनले बताए ।
सांसद सिंहले भने,‘अख्तियारले पनि राजनीतिक प्रभावबाट डराइकन, पद जान्छ कि भनेर डराइ, महाभियोग लाग्छ कि भनेर डराई खुट्टा कमाउनुभएन भनेर म सभामुख महोदयलाई भन्न चाहन्छु । हिजोको सरकारले ७ दिनभित्रै विदेशी कम्पनीलाई राष्ट्रिय परिचयपत्र रुजु गर्ने काम विदेशी कम्पनीलाई दियो । अहिलेको सरकारले त्यसलाई रोकेर अर्को कोसिसमा लागिरहेको छ । हिजोको सरकारले गलत गरेको छ भने कारबाही गर्नुपर्छ, नाङ्गोझार पार्नुपर्छ ।’
उनले ठूला दलका नेतालाई लागेको भ्रष्टाचारको मुद्दा माफी र तामेलीमा राखेर जाने हो भने यस्तो प्रक्रिया कहिलेसम्म चल्छ भन्दै प्रश्न गरे ।
ललिता निवास जस्ता खरबौँ खरबका भ्रष्टाचारका मुद्दा परेपनि ठूला नेता रहेकोले कारबाही गर्न अख्तियारले खुट्टा कमाएको उल्लेख गरे । उनले गलत काम गरेको छ भने आफ्नै पार्टीको मान्छेलाई कारबाही गर्न सभामुखलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण