गठबन्धनका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारा जाँदै
काठमाडौँ । बारा–२ मा हुने उपनिर्वाचनका लागि तय गरिएको चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ दलका शीर्ष नेताहरू बारा जाने भएका छन् । बाराको गढीमाई मन्दिरको प्राङ्गणमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा जाने नेपाली कांग्रेस बारा जिल्ला समितिका सभापति राजेश यादवले जानकारी दिए ।
चुनावी सभाको लगभग तयारी पुरा भएको र भोलि सबै शीर्ष नेताहरू बारा आइपुग्ने बताउँदै उनले सभालाई पाँचवटै शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको तर्फबाट बारा–२ मा उम्मेदवार बनेका छन् । सभालाई उनले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पाँच दलीय गठबन्धन बाराले विज्ञप्ति जारी गरी चुनावी सभामा सहभागी हुनका लागि सबैलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण