एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छ : अमरेशकुमार सिंह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सिंहले देश एउटै समुदायले चलाउन खोजे देश दुर्घटनामा जाने बताएका हुन् ।
‘सदनमा सभामुखमार्फत रुलिङ होस् । नागरिकता विधेयक पास हुनुपर्छ । म राज्य व्यवस्था समितिको सदस्य थिएँ पछिल्लो कार्यकालमा । त्यहाँ जानी जानी तत्कालीन सत्ताले नागरिकता विधेयक पास गर्न दिइएन’ उनले भने, ‘आफ्नो सांसदहरूलाई अलमल्याइ राखिएको छ । त्यसमा कोही कम छैन । किनकि नागरिकता समस्या गरिबको छोराछोरीको छ । नागरिकता समस्या उसको छ जो सत्तामा छैन ।’
उनले देश दुर्घटनामा जानुमा चार/पाँच जना पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री जिम्मेवार हुने समेत बताए । उनले देशलाई भागबन्डाका कारण विगत ३० वर्षमा अगाडि बढाउनुको सट्टा पछाडि धकेलिएको बताए । उनले हालसम्मका सत्ताले जानी जानी नागरिकता विधेयक पारित नगरेको पनि बताए ।
‘एउटै समुदायले देश चलाउन खोज्नुहुन्छ, देश दुर्घटनातिर जाँदै छ । म बारम्बार भन्छु । मेरो भनाई गलत होस् । तर देशको दुर्घटना बचाउनुहुन्छ ? त्यसको जिम्मेवार चार/पाँच जना पूर्व प्रधानमन्त्री र प्रधानमन्त्री हुनेछन्’ उनले भने, ‘यति म सदनमा मात्र होइन, संसारको अगाडि उभिएर भन्छु । किनकि ३० वर्षमा नेपाललाई अगाडि बढाउनुको सट्टा पछाडि धकेलियो भागबन्डाका कारण । गरिबको छोराछोरी नागरिकता पाउनु हुँदैन ।’
उनले नागरिकताको सवाल कुनै पूर्व प्रधानमन्त्री र प्रधानमन्त्रीको छोराछोरीको भएको भए अहिलेसम्म नागरिकता विधेयक पास भइसक्ने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण