बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आमाको मुख हेर्ने दिन : मातातीर्थमा दर्शनार्थीको भीड

बिहीबार, ०७ वैशाख २०८०, १३ : १९
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । आमाको मुख हेर्ने दिन काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरूको भीड लागेको छ ।  आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मिठा मिठा परिकार खुवाइ आमाको मुख हेर्ने चलन छ । साथै आज काठमाडौँ उपत्यकाको मातातीर्थमा ठूलो मेला लागेको छ । आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने परम्परा अनुसार मातातीर्थ औंशी मनाउने गरिन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमालाई स्मरण गर्दछन् । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकामा गरी सार्वजनिक विदा दिइएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान आमाको मुख हेर्ने गरिन्छ । आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिन्छ । मातातीर्थमा पुगेका दर्शनार्थी प्रेमप्रसाद लामिछानेले दर्शन गर्न कठिनाइ नभएको बताए । उनले यसवर्ष सूर्य ग्रहण लागेकाले पनि मातातीर्थमा दर्शनका लागि आउनेको सङ्ख्या कम रहेको बताए ।

उनले भने, ‘दर्शन गर्न गाह्रो भएन । त्यो भन्दा पहिला धेरै भीड हुन्थ्यो । आज ग्रहणका कारणले पनि कतिपय मानिस आएका छैनन् । कतिपय मानिसहरू ग्रहणको दोषका कारण आएका छैनन् ।’ आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप