राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट अर्थ मन्त्रालयमा तानिए, ३ जना आर्थिक सल्लाहकार नियुक्त
काठमाडौँ । सरकारले विशेष आर्थिक सल्लाहकारको रूपमा अर्थ मन्त्रालयमा तीन जनालाई नियुक्त गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा.गुणाकर भट्ट, अर्थविद् डा. विश्व पौडेल र डा.पोषराज पाण्डेलाई सल्लाहकारको रूपमा नियुक्त गरेको हो ।
सरकारले डा.द्वय पौडेल र पाण्डे अवैतनिक (तलब सुविधा नलिने) गरी सल्लाहकारको रूपमा नियुक्त गरेको हो भने राष्ट्र बैंकका प्रवक्ताको जिम्मेवारीमा समेत रहेका डा.भट्टलाई सल्लाहकार बनाएर मन्त्रालय तानेको हो ।
यद्यपि, डा.भट्टसहित सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका पौडेल र पाण्डेको पद भने राज्यमन्त्री सरह हुने गरी नियुक्ति भएको अर्थमन्त्रालय स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
नवनियुक्त आर्थिक सल्लाहकारको भूमिका अर्थतन्त्रको सुधारका लागि सरकारलाई मागर्दशन गर्नेदेखि बजेट निर्माणमा सहयोगी भूमिका रहनेछ ।
उसो त पछिल्लो आर्थिक गतिरोधको अन्त्य गर्दै दीर्घकालीन सुधारका लागि केही काम गर्न खोजिरहेका अर्थमन्त्री डा.प्रकाश शरण महतले बलियो टिम बनाएर अगाडि बढ्न खोजेका छन् ।
पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य र भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण