निहारिकाले गरिन् विष सेवनको नाटक !
बिहीबार, ०७ वैशाख २०८०, १७ : ५७
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ विषहरा मिट क्याम्पसको छेउमै रहेको डेरामा निहारिका राजपुत अचेत अवस्थामा फेला परेकी छिन् । कुमारी आमाका रूपमा चिनिने उनी बिहीबार अचेत अवस्थामा फेला परेपछि प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल लगेको छ ।
स्थानीयले निहारिका डेरामै छटपटाइरहेको भनेर प्रहरीलाई खबर गरेका थिए । डेरामा बस्ने छिमेकीलाई निहारिकाले ‘मलाई विष खुवायो’ भनेर अन्तिम शब्द बोल्दै ढलेको नाटक गरेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले उनले विष नखाएको बताए ।

‘विष सेवन गरेको आशंका गरिएको थियो तर अस्पतालले त्यस्तो केही छैन, अवस्था सामान्य छ’,डीएसपी गौतमको भनाइ छ । निहारिकाले करिब तीन महिनाअघि शिवराजसँग विवाह गरेकी थिइन् । स्रोतकाअनुसार निहारिका र शिवराजको सम्बन्ध बिग्रिन थालेपछि उनले यस्तो नाटक गरेकी हुनसक्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण