ह्वातै बढ्यो गर्मी
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशैभर ह्वातै गर्मी बढेको छ । विगत एक हप्ताको अवधिमा भैरहवा र नेपालगञ्जमा सबैभन्दा बढी गर्मी भएको हो । जाडो मौसम सकिएलगत्तै ह्वातै गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाका अनुसार सबैभन्दा बढी गर्मी भैरहवामा अधिकतम ४२ दशमलव २ डिग्री पुगेको छ । यस्तै नेपालगञ्जमा अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री,जनकपुरमा ४० दशमलव २ डिग्री,सिमरामा ४० दशमलव ३ डिग्री पुगेको छ ।
यस्तै धनगढीमा अधिकतम ३९ दशमलव १ डिग्री,विराटनगरमा ३८ दशमलव २ डिग्री पुगेको छ । काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम ३२ दशमलव ८ डिग्री पुगेको छ । तर, मौसम विद् सञ्जीव अधिकारीले पश्चिम वायु सक्रिय भएकाले शुक्रबारदेखि तापक्रम घट्न सक्ने बताए ।
‘अहिले पश्चिम नेपालबाट वायु आइरहेको छ । यो भएपछि बादल लाग्ने र शीतल हुने सम्भावना छ’ अधिकारीले भने, ‘कतिपय ठाउँमा छिटफुट वर्षा समेत हुन सक्छ । त्यसले गर्मी घट्नुका साथै शीतल हुन सक्छ ।’ पश्चिमी वायु सक्रिय भएकाले लागेको तुवाले समेत हट्न सक्ने अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण