लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बेरुजु सहरी विकास मन्त्रालयमा
बुटवल । मुलुकका अन्य प्रदेशमा महालेखापरीक्षकको कार्यालय प्रतिवेदन चैत ३० गते प्रदेश प्रमुखलाई बुझाए पनि लुम्बिनी प्रदेशमा भने बिहीबार बुझाएको छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखापरीक्षकको कार्यालयले लुम्बिनी प्रदेश महालेखापरीक्षकको ५ औं वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा लुम्बिनी प्रदेशमा ३ अर्ब करोड ८१ लाख रुपैयाँ बेरुजु देखाइएको छ ।
उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीले बुझाएको प्रतिवेदनमा गत वर्ष १ अर्ब ५६ करोड बाँकी रहेको बेरुजुमा पछिल्लो आर्थिक वर्षमा १ अर्ब ४९ करोड थप भई कुल ३ अर्ब ५ करोड ८१ लाख हुन पुगेको उल्लेख छ ।
लुम्बिनी प्रदेशमा रहेका १८९ सरकारी कार्यालय १६ वटा समिति तथा अन्य संस्थाको गरी ५७ अर्ब ८ करोड १२लाखको लेखापरीक्षण गरिएको हो ।
प्रदेशमा रहेका १४ मन्त्रालयमध्ये आर्थिक वर्ष २०७८÷०७९मा सबैभन्दा बढी बेरुजु पर्यटन, ग्रामीण सहरी विकास मन्त्रालयमा देखिएको छ । उक्त मन्त्रालयको ४९ करोड ४५ लाख ७६ हजार रुपैयाँ बेरुजु छ ।
दोस्रो सर्वाधिक बेरुजु भौतिक पूर्वाधार मन्त्रालयको छ । सो मन्त्रालयमा ३० करोड ४७ लाख ८१ हजार रुपैयाँ बेरुजु छ ।
यस्तै स्वास्थ्य मन्त्रालयमा २९ करोड ४४ लाख ६९ हजार रुपैयाँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ करोड ३४ लाख ७ हजार बेरुजु छ ।
कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयमा ८ करोड ३८ लाख बेरुजु छ ।
लुम्बिनी प्रदेशमा विगत पाँच आर्थिक वर्षको लेखा परीक्षणमा प्रत्येक वर्ष बेरुजु रकम वृद्धि भएको देखिएको छ ।
उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीले प्रत्येक वर्ष बेरुजु रकम वृद्धि हुँदै गएको सम्बन्धमा कार्यालय प्रमुखहरूलाई ध्यानाकर्षण गराएको बताए । उनले बेरुजु रकम देखिने सबै खराब नभएको तर कतै बेथिति भएको आंशका गर्ने ठाउँ रहेको प्रस्टाए ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशमा सुशासन कायम गर्न महालेखाले कसैको डर, त्रास र प्रलोभनमा नपरी स्पष्ट रूपमा झकझक्याउनुपर्ने बताए । उनले आफ्नो प्रदेशमा देखिएका बेथितिहरुलाई निराकरण गर्न निर्देशन दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण