आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाको विमानस्थलमा एक अर्ब  ९७ करोड रुपैयाँभन्दा बढीको सुन चोरी

शुक्रबार, ०८ वैशाख २०८०, ०९ : ४७
शुक्रबार, ०८ वैशाख २०८०

क्यानडाको टोरन्टो प्रहरीले पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ठुलो सुन चोरीको अनुसन्धान गरिरहेको छ । यो एयरपोर्ट प्रायः ओन्टारियो प्रान्तबाट निकालिएको सुनलाई बाहिर पठाउनका लागि  प्रयोग गरिन्छ ।

क्यानडाका अधिकारीका अनुसार सोमबार, अप्रिल १७ मा १ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तु चोरी भएको थियो ।

यो बहुमूल्य सुन राखिएको हवाई जहाजको कन्टेनर साँझ विमानस्थलमा पुगेपछि उक्त कन्टेनरलाई कार्लो होल्डिङ फ्यासिलिटीमा लगिएको थियो ।  सुन यहाँ नै चोरी भएको प्रहरीको अनुमान छ ।

यो क्यानडाको इतिहासमा सबैभन्दा ठुलो चोरीमध्ये एक हुनसक्छ । यसमा २०११ र २०१२ मा ग्रेट क्यानेडियन म्यापल सिरपको चोरी पनि समावेश छ । त्यति बेला एक स्टोरबाट तीन हजार टन सिरप चोरी भएको थियो । यसको लागत लगभग १८.७ मिलियन डलर थियो ।

torontoपिल क्षेत्रीय प्रहरी निरीक्षक स्टीफन डुवेस्टिनले आफ्नो टोलीले सबै पक्षमा अनुसन्धान गरिरहेको बताए । उनले सोमबारको घटनालाई ‘दुर्लभ’ भन्दै यसलाई फरक ढङ्गले हेर्नुपर्ने पनि बताए ।

उनले कन्टेनरको साइज करिब पाँच स्क्वायर फिट रहेको पनि बताए । तर त्यसको तौल कति छ भनेर बताउन मानेनन् ।

यो कार्गो कुन एयरलाइन्सबाट आयो, यो सुन कहाँबाट आयो र कहाँ जाँदै थियो भन्ने पनि अधिकारीले बताउन मानेनन् ।

द टोरन्टो सनले मङ्गलवार जारी गरेको रिपोर्ट अनुसार पुलिसले यसको पछाडि सङ्गठित आपराधिक समूहहरू रहेको विश्वास गर्दछ ।

तर प्रहरी अधिकारीहरूले भने यस विषयमा केही भन्नु हतार हुने बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप