स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोडफोड
तनहुँ । वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोडफोड भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोडफोड भएको अवस्थामा भेटिएको वाग्लेका भाइ अञ्जित अर्यालले बताए ।
अर्याल उम्मेदवार वाग्लेका ठूलीआमाका छोरा हुन् । उनले चैत २७ गते चितवनदेखि वाग्लेका बाबुआमालाई तनहुँ ल्याएका थिए । अर्यालले निर्वाचनको समयमा वाग्लेका बाबुआमालाई चुनावी प्रचारमा लिएर हिँड्दै आएका थिए । ‘बिहीबार बेलुका साढे ८ बजे कारलाई दमाैली बजारमा रहेको मालपोत कार्यालय अगाडिको सन्तोष होटलमा पार्किङ गरेर राखेर हामीहरु सोही होटलमा सुत्यौं,’ अर्यालले भने, ‘बिहान होटलका कर्मचारीले कार तोडफोड भएको जानकारी दिनुभएको हो ।’
होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको तोडफोड भएको छ । कारको सिसा तोडफोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले बताए । इन्स्पेक्टर विकका अनुसार कार दीलकुमारी खनालको नाममा छ । खनाल वाग्लेकी आमा हुन् । घटनाको बारेमा अनुसन्धान भइरहेको इस्पेक्टर विकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण