तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा
शुक्रबार, ०८ वैशाख २०८०, ११ : ४८
तनहुँ । तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा ६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय हेक्टरमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् । “यो चैते धान रोपाइँ गर्ने समय हो, हालसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको छ”, उनले भने, “बर्षेनि चैत धान खेती हुने जमिन कम हुँदै गएको छ ।”
लामो समयदेखि वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । गाउँबाट युवाहरु विदेशिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको उनको बुझाइ छ । चैते धान प्रायः चिउराका लागि प्रयोग गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधवको ‘मोह’ समाजवादी मोर्चामा, झलनाथ अझै अलमलमा
-
तस्बिरमा हेर्नुहोस् गोरु जुधाई
-
‘जुनाः एक व्यथा’को टिजर : बालविवाह तथा महिला हिंसाको कथा
-
प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
-
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
-
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : प्रचण्ड