खेलकुद
एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य
शुक्रबार, ०८ वैशाख २०८०, १२ : ५०
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।
नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । उनले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।
सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।
१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’