खेलकुद
एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य
शुक्रबार, ०८ वैशाख २०८०, १२ : ५०
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो ।
नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । उनले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।
सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।
१० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण