१२ वटा आंगिक क्याम्पसमा त्रिविले स्ववियु निर्वाचन नगर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन हुन बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउन नसकिने जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले अब बाँकी कलेजमा निर्वाचन गराउन नसकिने जानकारी दिएका हुन् । उपत्यकाका ४ सहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुने सकेको छैन ।
त्यस्तै उपत्यकाबाहिरका ८ वटा आंगिक क्याम्पसमा समेत निर्वाचन हुन सकेको छैन । उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा निर्वाचन हुन सकेको छैन । ‘सधैँ निर्वाचनकै पछि लाग्न सकिँदैन । परीक्षा चलिरहेका छन् । पढाई गर्नुपर्यो । सधैँ निर्वाचनको पछि लागेर बस्न सकिने अवस्था हुँदैन । बाँकी कलेजमा निर्वाचन गराउन सकिँदैन’ अधिकारीले भने ।
चैत ५ गते तोकिएको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूकै अवरोधका कतिपय क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको थिएन । तीमध्ये केही क्याम्पसमा विभिन्न मितिमा निर्वाचन भएको थियो । चार विद्यार्थी सङ्गठनहरूले नै चैत ३० गते बाँकी रहेका क्याम्पसहरूमा निर्वाचन गराउने सहमति गरेका थिए । तर, विद्यार्थी सङ्गठनहरूको आ आफ्नै अडानका कारण उक्त मितिमा समेत निर्वाचन हुन सकेन ।
त्रिविको नियमअनुसार तोकिएको मितिमा निर्वाचन नभएका क्याम्पसहरूमा एक महिनाभित्रमा निर्वाचन गराउनुपर्ने हुन्छ । तर, वैशाख ८ गतेसम्म पनि बाँकी क्याम्पसहरूमा निर्वाचन हुन सकेको छैन । त्रिविले अब स्ववियु निर्वाचनको च्याप्टर क्लोज भइसकेको जनाएको छ । तर, विद्यार्थी सङ्गठनहरू भने वैशाख १० गतेको उपनिर्वाचनपछि स्ववियु निर्वाचन गराउनुपर्ने मनसायमा छन् । त्रिविले भने आफूले अब निर्वाचनका विषयमा केही पनि नगर्ने प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण