रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो
शुक्रबार, ०८ वैशाख २०८०, १४ : ४४
रुसी लडाकु विमानले गल्तीले आफ्नै सहरमा बम खसालेको छ । रुसी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको छ । मन्त्रालयका अनुसार उसको आफ्नै विमानले युक्रेनको सिमानामा रहेको रुसी सहर बेलगोरोडमा बम खसालेको हो ।
क्षेत्रीय गभर्नर व्याचस्लाभ ग्लाडकोभले यस विस्फोटका कारण सहरको केन्द्रमा २० मिटर गहिरो खाडल बनेको बताएका छन् । यस विस्फोटमा दुई महिला घाइते भएका छन् भने धेरै भवनमा क्षति पुगेको छ ।
सु–३४ लडाकु विमानले भूलवश बम खसालेको मन्त्रालयले जनाएको छ । यो घटना बिहीबारको हो र यसको अनुसन्धान सुरु भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा यो विस्फोटका कारण केही अपार्टमेन्टमा क्षति पुगेको देखिन्छ ।
बेल्गोरोड युक्रेनको सिमानाबाट करिब ४० किलोमिटर टाढा छ र त्यहाँको जनसङ्ख्या ३,७०,००० छ । यो युक्रेनको दोस्रो ठुलो सहर खार्किवको उत्तरमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण