ईपीएसलाई सरकारले सोध्यो स्पष्टीकरण- ‘कोरिया जाने भाडा किन महँगो ?’
काठमाडौँ । सरकारले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई भाडा किन महँगो भएको भन्दै स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ईपीएस कोरिया शाखालाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधेर कोरिया जाने हवाई टिकट किन अत्यधिक महँगो भएको भन्दै जवाफ माग गरेका हुन् ।
ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ? प्रतिव्यक्ति नाफा कति आउँछ ? कति प्रतिशत बढाउन पाउने नियम छ ? लगायतका प्रश्न सोधिएको मन्त्री किराँतीले बताए । कोरियन एयरलाइन्सले अहिले सम्म एकलौटी कति यात्रु बोकेको छ ? समग्रमा अहिले सम्मको टिकटको बजेट कति हुन आउँछ ? त्यसको जवाफ समेत माग गरेका छन् ।
त्यस्तै कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको त्यसको जवाफ समेत माग गरेका छन् । उक्त स्पष्टीकरणको लिखित जवाफ पेस गर्न भनेका हुन् ।
ईपीएसमार्फत कोरिया जाने नेपालीको हवाई भाडा अत्यधिक महँगो भयो भनेर बारम्बार प्रश्न उठ्दै आएको थियो । त्यसपछि भाडा घटाएर ८९५ अमेरिकी डलर बनाइएको थियो । त्यसअघि १२ सय अमेरिकी डलर भाडा लिँदै आएको थियो । नेपाल कोरिया सिधा हवाई उडान गर्नुपर्ने कोरियन सरकारको अडानका कारण हवाई भाडा महँगो हुँदै आएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण