बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडक निर्माण सुस्त भएको भन्दै मेयरले लिए ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा

शुक्रबार, ०८ वैशाख २०८०, १८ : १०
शुक्रबार, ०८ वैशाख २०८०

इटहरी । सडक निर्माण सुस्त गतिमा गरेको भन्दै मेयरले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएका छन् । 

चीन र भारतसँग जोड्ने सडक अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा भएको भन्दै इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएका हुन् । ५.३ किलोमिटर सडकको विस्तार छिटो सक्न निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । ठेकेदार कम्पनीले काम सुधार नगरेपछि उपमहानगरपालिकाले शुक्रबार सवारी साधन नियन्त्रणमा लिएको हो ।

‘संघीय सरकार मातहतको काम भइरहेको हो । तर, इटहरी उपमहानगरपालिका क्षेत्रको काममा स्थानीय सरकारका तर्फबाट हदैसम्म लचकता अपनाएर सडक चाँडो सक्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अब ठेकेदार कम्पनीलाई लिखित प्रतिबद्धता जनाउन समय सीमा दिइएको छ,’ मेयर पौडेलले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्धता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाब दिइनेछ ।’  

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । ‘अब थपिएको समयमा पनि यही गतिमा काम नहुने निश्चित छ,’ मेयर पौडेलले भने, ‘छ लेन सडक विस्तार आयोजनाका निर्देशक दानकुमार शाक्यको भूमिका समेत प्रभावकारी नभएकाले सडक विस्तार सुस्त भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप