सामाजिक न्यायसहित देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सामाजिक न्यायको प्रत्याभूति गराउँदै देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताएका छन् ।
विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा शएक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो शृङ्खला एवम् विभाजन र एकताका अनगिन्ती अनुभवहरू हासिल गर्दै कम्युनिस्ट आन्दोलन आजको अवस्थामा आइपुगेको बताए ।
शुभकामना सन्देशमा उनले भनेका छन् -'आज नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवाद उन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध छ । '
अहिले देश विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको बत्ताउँदै प्रधानमन्त्री प्रचण्डले शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व सरकारसामु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण