डढेलो निभाउने क्रममा गुल्मीमा थप १ जनाको मृत्यु
शनिबार, ०९ वैशाख २०८०, १५ : १४
गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका ३ को हाडहाडे बर्दबास जंगलमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
कुँवरको बाटोमै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। जलेर गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । सो अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरेको थियो । शुक्रवार डढेलो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका ३ कै १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण