डढेलो निभाउने क्रममा गुल्मीमा थप १ जनाको मृत्यु
शनिबार, ०९ वैशाख २०८०, १५ : १४

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका ३ को हाडहाडे बर्दबास जंगलमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
कुँवरको बाटोमै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। जलेर गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । सो अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरेको थियो । शुक्रवार डढेलो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका ३ कै १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो