दुई किलो चरेससहित ४ जना पक्राउ
शनिबार, ०९ वैशाख २०८०, २१ : ४६
कञ्चनपुर । फाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेका छन् ।
पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जँच गर्दा उनीहरूको साथमा रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम लागुऔषध चरेस र नगद रु २८ हजार पाँच सय बरामद गरिएको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसनधान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण