अधिकारीलाई दमन्ता स्मृति नारी स्रष्टा सम्मान

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ । नेपाली साहित्यमा क्रियाशील भईकन पनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मानकोे नगद राशि रु. १५१११ रहेको छ । सो सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष तथा साहित्य साधक रमा शर्माले प्रदान गरेकी थिइन् ।
गीतकार पुष्पा खनालले वि.सं. २०७५ मा आप्mनी आमाको नाममा स्थापना गरेको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट हालसम्म सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल र निर्मला मुरारी सम्मानित भइसकेका छन् ।
सम्मानित स्रष्टा अक्सिजन कविका रूपमा परिचित कवि बालकृष्ण अधिकारीकी बुहारी हुन् । उनकै प्रभाव र प्रेरणाले साहित्यिक सिर्जनामा लागेकी उनका बालसाहित्यका सात र गजलसङ्ग्रह प्रकाशित छन् ।
सोही कार्यक्रममा गीतकार पुष्पा खनालका दुई गीतको लोकार्पण गरिएको थियो । गायक, सङ्गीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाले गीत गाएर सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीले गाउनुभएको गीत पनि प्रसारण गरिएको थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा भएको सम्मान समारोहमा नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल, मुक्तककार प्रकाश घायल र कवि मधु पाठकले पनि मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ