आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
तनहुँ–१ निर्वाचन

तनहुँ–१ मा ४ बजेसम्म ४८ प्रतिशत मत खस्यो

आइतबार, १० वैशाख २०८०, १६ : ३३
आइतबार, १० वैशाख २०८०

तनहुँ । तनहुँमा ४ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचनका कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार केहीबेर अघिसम्म ४८ प्रतिशत मत खसेको हो ।  तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । 

तनहुँमा कांग्रेसका तर्फबाट गोबिन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका स्वर्णिम वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप