शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि धमला पत्नी एलिजाद्वारा १० जना विद्यार्थी पढाउने घोषणा

आइतबार, १० वैशाख २०८०, २० : १५
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई कक्षा १ देखि एसइईसम्म पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएकी छिन् ।

उनले सुकेधारामा रहेको आफूले पढेको विद्यालय सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएकी हुन् । उनी नागरिक उन्मुक्ति पार्टीकी नेतृ समेत हुन् । 

आज (आइतबार) विद्यालयमा आयोजित एक समारोहकाबीच उनले विद्यालय व्यवस्थापन टिमसँग उक्त सम्झौता गरेकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने आफ्नो बाल्यकालदेखि चाहना भएको उल्लेख गर्दै उनले आज उक्त चाहना पूरा भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप