राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
काठमाडौँ । चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुबाट आवेदन माग गरेको छ । आइतवार प्रकाशित सूचनामा बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्त भित्रका फिल्मले आवेदन दिन सक्ने बताएको हो । बोर्डले विशेष चलचित्रको आवेदन पनि माग गरेको छ ।
राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भई प्रदर्शन समेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमा भित्र जाँचपास मात्र भएको भएपनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन् ।
राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० बैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्ने प्रवक्ता बुढाथोकीको भनाई रहेको छ । विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन । यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका ३–३ वटा चलचित्रहरु गरी ६ वटा घोषणा हुनेछन् ।
कला, संस्कृति, रहनसहन, परम्परा, मानवीय समवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरुपमा योगदान पुर्याउन सक्ने चलचित्रहरुलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको प्रवक्ता बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण