शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले भने– राजनीतिक दाउपेचमा अल्झिनु न्यासंगत हुँदैन (पूर्णपाठसहित )

सोमबार, ११ वैशाख २०८०, १२ : ४०
सोमबार, ११ वैशाख २०८०

रुपन्देही । लुम्विनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सरकार जनतासँग नजिक रहेर प्रदेशमा पूर्वाधार तथा आर्थिक विकासमा केन्द्रित हुने बताएका छन् । सोमबार प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले प्रदेशसभाका सदस्यहरु दत्तचित्त भएर प्रदेश समृद्धिको गन्तब्यमा पुग्न चाहिने नीति तथा योजना निर्माणमा लागि रहनुभएको समेत बताएका छन् ।

‘प्रदेशसभा भित्रका समितिहरु संघीयतालाई बलियो बनाई अधिकार सम्पन्न र सुदृढ प्रदेश बनाउन सरकार सञ्चालनको यो अवधिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उचित  कार्यान्वयन हुँदा आम नागरिकमा प्रदेश सरकारप्रति विश्वास र भरोसा अभिवृद्धि भएको छ’, गिरीले भनेका छन् । साथै उनले प्रदेश सरकारप्रति प्रदेशवासीले देखाएको मायाले प्रदेश सरकारको महत्वलाई जनस्तरमा स्थापित गरेको तथा प्रदेश सरकारले लिएका समृद्धिका लक्ष्य पूरा गर्न केही महत्वपूर्ण कामहरु पूरा हुने चरणमा रहेका दावी गरेका छन् ।

‘लोकतन्त्र विधिको व्यवस्था हो । पारदर्शिता लोकतन्त्रको आत्मा हो । लोकतन्त्रमा सबै कामकारवाहीहरुको परीक्षण सम्परीक्षण भई नै रहन्छ’, गिरीले विश्वासको मत माग्दै भनेका छन्, ‘प्रदेश सरकार यी सबै कामहरुप्रति सचेत छ ।’ त्यस्तै उनले लुम्बिनी प्रदेश सरकारले गरेका कामहरुको मूल्याङ्कन र त्यसको प्रभावकारिता जनस्तरवाट मापन भइरहेकाले समृद्ध प्रदेश निर्माणको मूलकाम छोडेर राजनीतिक दाउपेचमा अल्झिनु न्यासंगत नहुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप