९ हजार ५ सय ९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौँ । सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीमध्ये ९ हजार ५ सय ९० जनाले सम्पत्ति विवरण नबुझाएको थाहा भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सोमबार अख्तियारमा प्रतिवेदन पेश गर्दै सम्पत्ति विवरण नबुझाने कर्मचारीबारे जानकारी दिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव रविन्द्रनाथ श्रेष्ठले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सम्पत्ति विवरण बुझाउने र नबुझाउने पदाधिकारी र कर्मचारीको विवरण बुझाएका हुन् । निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारवाही हुने कानुनी व्यवस्था छ ।
निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई ५ हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको अख्तियारका प्रवक्ता (सह–सचिव) भोला दाहालले रातोपाटीलाई बताए । भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० (३) अनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारी र पदाधिकारीलाई ५ हजार रुपैयाँ जरिवाना गरेर निज र निजको परिवारबारे सम्बन्धित निकायले गैरकानुनी सम्पतीबारे अनुसन्धान गर्न सक्ने व्यवस्था छ । सार्वजनिक पद बहाल गरेपछि ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र सम्पत्तिको विवरण बुझाउनुपर्छ । ७ लाख १९ हजार १५७ जना पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण