सन्दीप लामिछानेको मुद्दा पुनः अर्को पेसीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा पुनः अर्को पेसीमा सुनुवाई हुने भएको छ । लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दिपक ढकालले सुुनुवाई गरे । न्यायाधीश ढकालले सो मुद्धा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन् ।
पुन: फेरि अर्को सुनुवाई गर्नेगरी सोमबारको बहस सकिएको लामिछानेतर्फका अधिवक्ता सरोजकृष्ण घिमिरेले रातोपाटीलाई बताए । नम्बर–२० इजलामा जाहेरवाला तर्फका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेका छन् । लामिछाने तर्फका कानुन व्यवसायीको तर्फबाट सोमबार बहस भएन ।
२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित