सन्दीप लामिछानेको मुद्दा पुनः अर्को पेसीमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा पुनः अर्को पेसीमा सुनुवाई हुने भएको छ । लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दिपक ढकालले सुुनुवाई गरे । न्यायाधीश ढकालले सो मुद्धा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन् ।
पुन: फेरि अर्को सुनुवाई गर्नेगरी सोमबारको बहस सकिएको लामिछानेतर्फका अधिवक्ता सरोजकृष्ण घिमिरेले रातोपाटीलाई बताए । नम्बर–२० इजलामा जाहेरवाला तर्फका कानुन व्यवसायी र सरकारी वकिलले बहस गरेका छन् । लामिछाने तर्फका कानुन व्यवसायीको तर्फबाट सोमबार बहस भएन ।
२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण