अक्षर पटेलको 'डबल' प्रहार, दिल्लीसँग हैदरावादको हार
हैदरावाद । आईपीएलको अर्को रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई उसैको घरेलु मैदानमा ७ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि पनि दिल्ली अंक तालिकामा भने पुछारमा रहेको छ । त्यसको ठीकमाथि हैदरावाद रहेको छ
‘लो स्कोरिङ’ खेलमा पहिलो इनिङ्सदेखि नै बलरको वर्चस्व थियो। हैदराबादको राजीव गान्धी स्टेडियममा दिल्लीका कप्तान डेभिड वार्नरले टस जितेर पहिले ब्याटिङ रोजे । मैदानमा ब्याटिङ गर्न आएको दिल्लीको टोलीले ९ विकेट गुमाएर १४४ रन बनायो । दिल्लीका लागि अक्षर पटेल र मनिष पाण्डेले समान ३४–३४ रन बनाए । मिचेल मार्सले २५ र डेभिड वार्नरले २१ रनको योगदान दिए । हैदरावादका लागि वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
जवाफमा सनराइजर्स हैदरावादले बलियो सुरुवात गर्यो । कुनै समय टोलीले सहजै लक्ष्य हासिल गर्ने देखिएको थियो तर अन्त्यसम्म हैदरावाद ७ रनले पछाडि पर्यो । मयंक अग्रवालले ४९ र हेनरिच क्लासनले ३१ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । वासिङ्टन सुन्दर २४ रनमा नटआउट रहे । दिल्लीका लागि पटेल र एनरिच नोर्टजेले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण