२०७२ को भूकम्प सम्झदै बालनेले भने– भोलिका लागि काठमाडौँ तयार पारौँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ८ वर्षअघिको भूकम्पलाई सम्झँदै दुर्घटनाहरू सोचेर बस्ने, तर्सने नभई सुध्रिने र तयारी गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत बालनेले मंगलबार भनेका छन्, – ‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ ।’ मेयर शाहले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी नगरेको पनि बताएका छन् ।
उनले अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने, सार्वजनिक ठाउँहरू खुल्ला राख्नु पर्ने हो भन्दै भोलि हुनसक्ने भन्दै ‘अप्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ’, भनेका छन् ।
साथै उनले ‘काठमाडौँ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ’, भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण