शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

२०७२ को भूकम्प सम्झदै बालनेले भने– भोलिका लागि काठमाडौँ तयार पारौँ

मङ्गलबार, १२ वैशाख २०८०, १० : २९
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ८ वर्षअघिको भूकम्पलाई सम्झँदै दुर्घटनाहरू सोचेर बस्ने, तर्सने नभई सुध्रिने र तयारी गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत बालनेले मंगलबार भनेका छन्, – ‘हाम्रो बिर्सने बानी छ । ८ वर्ष पुरानो महाभूकम्प हामीले बिर्सिसकेका छौँ ।’ मेयर शाहले फेरि कुनै सम्भावित भवितव्य, प्राकृतिक प्रकोपका विषयमा हामीले तयारी नगरेको पनि बताएका छन् । 

उनले अव्यवस्थित कुराहरू सकेसम्म व्यवस्थित गर्नु पर्ने, सार्वजनिक ठाउँहरू खुल्ला राख्नु पर्ने हो भन्दै भोलि हुनसक्ने भन्दै ‘अप्ठ्याराहरूमा आत्तिनु नपरोस्, पछुताउनु नपरोस् । आजैदेखि सावधान बनौँ’, भनेका छन् ।  

साथै उनले ‘काठमाडौँ महानगरको नीति यति मात्रै हो । भोलिका लागि काठमाण्डौलाई तयार पारौँ । जे जुन कुराको लागि हो, त्यसलाई त्यसकै लागि उपयोग गरौँ । यसका लागि सबैको सहकार्य, समन्वयको आवश्यकता छ’, भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप