कुवेतद्वारा सिंगापुर ४ विकेटले पराजित
काठमाडौँ । काठमाडौँमा जारी एसीसी पुरुष प्रिमियर कप प्रतियोगितामा कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ११४ रनको सामान्य लक्ष्य कुवेतले १४१ बल अगावै ६ विकेटको क्षतिमा पछ्याएको हो ।
कुवेतको जीतमा अदनान इद्रिसले सर्वाधिक ३८ रन बनाए भने मित भावसार २७ रन तथा यासिन पटेल २१ रन बनाएर अविजीत रहे । सिंगापुरका विनोथ बासकरन र अक्षय पुरीले २–२ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनाएको थियो ।
सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६० बल नौ चौकाको मद्दतमा ४५ रन बनाएका हुन् । त्यसैगरी मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जाडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण