आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२०७२ महाभूकम्प : अझै टेको लगाएकै घरमा वास

२०७२ महाभूकम्प : अझै टेको लगाएकै घरमा वास

मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । महाभूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरुको पुनः निर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरू भत्किएका संरचनामा बस्न बाध्य छन् । 

२०७२ साल वैशाख १२ गते शनिवार गएको भूकम्पबाट क्षति पुगेका काठमाडौँका अधिकांश भौतिक संरचनामा क्षति पुगेपनि घरधनी र लगायत सरकारी स्तरबाट पनि आवश्यक चासो नहुँदा आम नागरिकहरू भने टेको लगाइएका संरचनामा नै व्यापार व्यवसाय र बसोबास गर्न बाध्य भएका हुन् । 

काठमाडौँको वसन्तपुर, असन, न्युरोड लगायतका क्षेत्रमा अझैसम्म पनि भौतिक संरचनाहरू टेको लगाएर अड्याइएको छ । तरपनि आम नागरिकहरू भने तिनै टेको लगाइएका संरचनामा व्यापार गरेर बसिरहेका छन् । 

२०७२ वैशाख १२ गते शनिवार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । 

काठमाडौँ उपत्यकामा यसरी टेको लगाएका घरहरु धेरै छन् । तर यस्तो जोखिममा पनि मानिसहरू बस्न छोडेका छैनन् । भूकम्प गएको ८ वर्ष बितिसक्दा समेत घर नबनाइनु र काठमाडौँ महानगरपालिकाले बेवास्ता गर्नुपनि यसको एक कारण हो । 

यसरी जोखिमयुक्त घर हालसम्म किन बनाउनु भएन ? भन्ने प्रश्नमा कति घरमुलीहरु बोल्न मानेनन् । कतिपय त आफैँ जोखिम मोलेर टेको लगाएको घरमा व्यापार गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया