सिंगापुर पठाइदिन्छु भन्दै साढे ६ लाख ठगी
मङ्गलबार, १२ वैशाख २०८०, १६ : ०४
काठमाडौँ । वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौँको नयाँ बसपार्क बस्ने ओमनाथ मैनाली रहेका छन् ।
मैनालीले मीनबहादुर रानालाई प्रलोभनमा पारी ६ लाख ४० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागबाट मैनालीलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएको थियो । सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमाबाट खटिएको विशेष प्रहरी टोलीले मैनाली वैशाख ११ गते बबरमहलबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण