शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘हल्कारा’ को गीतमा प्रकाश सपुतको स्वर

मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । वैशाख २९ गते रिलिज हुने फिल्म ‘हल्कारा’ को ‘जीवन कठै बरी’ गीत सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वर छ । 

गीत वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्साइएको छ । गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई फिल्मले कथा बनाएको छ । फिल्म पूर्ण ‘कमर्शियल’ रहेको निर्देशक सापकोटाले बताए ।

महेश त्रिपाठी, विनीता थापामगरको मुख्य भूमिका रहेको फिल्मका निर्देशक सापकोटाले लेखन तथा सम्पादन समेत गरेका हुन् । फिल्ममा महेश र बिनिताको अलावा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया