बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते
दार्चुला । दार्चुलामा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन् ।
सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलबार बिहान बँदेलले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीसँगै अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।
सशस्त्र प्रहरीका हवलदार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका सिंहले बताए ।
घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ। अन्य घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बँदेललाई मारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण