डिफेन्डिङ च्याम्पियन गुजरातद्वारा मुम्बई पराजित
अहमदाबाद । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्समाथि पहिलो जित दर्ता गरेको छ । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोलीले रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई ५५ रनले पराजित गरेको थियो ।
चालू सिजनमा गुजरातको यो पाँचौं जित हो भने मुम्बईले चौथो हार बेहोरेको छ । यो जितसँगै गुजरातको टोली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बई सातौँ स्थानमा छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । गुजरातका ओपनर शुभमन गिल (५६ रन)ले सिजनको तेस्रो अर्धशतक बनाएका थिए । गिलका अलावा डेभिड मिलनले ४६ र अभिनव मनोहरले ४२ रन बनाए । राहुल तेवाटियाले ५ बलमा २० रनको योगदान दिए ।
मुम्बईका पियुष चावलाले दुई विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र कुमार कार्तिकेयले एक एक विकेट लिए ।
जवाफमा मुम्बई इन्डियन्सका ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सके । २०८ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात सुस्त रह्यो । टोलीले पहिलो ६ ओभरमा २९ रन मात्र जोडेको थियो । यो सिजनको दोस्रो कम स्कोरिङ पावरप्ले थियो। यति मात्र होइन, टोलीले लगातार विकेट गुमाउँदै गयो । मध्यक्रममा सबैभन्दा ठूलो साझेदारी ४५ रनको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण