लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, १३ वैशाख २०८०, १० : ४६
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तोलामा २०० रुपैयाँले उकालो लागेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेका हो।
सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदीको कारोबार १४ सय १५ रुपैयाँमा भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण