दलले सदस्यको नाम नदिँदा कार्यसूचीबाट हट्यो संसदीय समिति गठनको विषय
काठमाडौँ । ठूला राजनीतिक दलले समयमा संसदीय समितिमा रहने सदस्यको नाम नदिँदा आजको प्रतिनिधिसभाको कार्यसूची परिमार्जन गरिएको छ । संघीय संसद सचिवालयले हिजो नै आजको संसद बैठकको सम्भावित कार्यसूची प्रकाशन गर्दै संसदीय सुनुवाई समिति र विशेष समिति गठनको विषय उल्लेख गरेको थियो ।
तर बुधबार संसद बैठक बस्नुपूर्व बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलले समितिमा रहने सदस्यको नाम नदिएपछि कार्यसूची फेरिएको हो ।
परामर्श समितिमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस, एमाले र माओवादीले सदस्यको नाम नदिएपछि आजको बैठकमा समिति गठन प्रक्रिया अघि नबढ्ने भएको जानकारी दिए । बैठकका अध्यक्ष रहेका सभामुख देवराज घिमिरेले छिट्टै नाम दिन दलका प्रतिनिधिहरुलाई ताकेता गरेका थिए । बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरुले आज बेलुकासम्म वा भोलिबिहान सम्म सदस्यको नाम दिने प्रतिबद्धता ब्यक्त गरेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र संयुक्त समितिको गठन हुन नसक्दा संसदको बिजनेश प्रभावित हुँदै आएको छ । संसदीय सुनुवाई समिति बन्न नसक्दा र संवैधानिक परिषद सम्बन्धी संसोधन विधेयक पारित हुन नसक्दा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको ढोका खुल्न सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व) २०७८–०७९० पेस गर्ने कार्यसूची मात्रै तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण