ह्वाट्सएपको नयाँ फिचर, एकै पटक धेरै फोनमा खाता खोल्न सकिने
बुधबार, १३ वैशाख २०८०, १५ : १७
मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले एउटा नयाँ फिचर जारी गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले अब धेरै फोनमा एउटै खाता चलाउन सक्नेछन् । यो फिचर सार्वजनिक भएपछि, चार वटा फोनहरू एउटै खातामा लिङ्क गर्न सकिनेछ । हरेक डिभाइसमा मेसेज, तस्बिर र कुनै पनि खालको मिडिया एन्ड–टु–एन्ड एन्क्रिप्टेड हुनेछ ।
तर यदि प्राइमरी डिभाइसमा ह्वाट्सएप अकाउन्ट लामो समयसम्म एक्टिभ भएन भने यस्तो स्थितिमा अन्य डिभाइसबाट पनि यो स्वतः लग आउट हुनेछ । जसरी पहिला प्रयोगकर्ताले एउटा खाता लग आउट गरेर अर्को डिभाइसमा अकाउन्ट खोल्नुपर्दथ्यो अब त्यस्तो गर्नु पर्दैन ।
अब प्रयोगकर्ताको खाता एउटा फोनमा चलिरहेको छ भने पनि लग आउट नगरी ह्वाट्सएप खाता अर्को फोनमा चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण