विलासिताका वस्तु आयातमा कटौती गरौं : प्रमीला कुमारी
बुधबार, १३ वैशाख २०८०, १५ : २६
काठमाडौँ । राष्ट्रियसभा सदस्य प्रमीला कुमारी यादवले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन् ।
उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताइन् । उनले देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको भन्दै बिचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको बताइन् ।
उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन् । उनले न्यून बजेट विनियोजनका कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन नसकेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
-
ऐन महरले संसद्मै लगाए ‘मुर्दावाद’ को नारा
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि १६ जनाको आवेदन
-
ज्ञानबहादुर शाहीको प्रश्न– काठमाडौँ अर्बपतिको मात्रै हो कि गरिबको पनि ?
-
संरक्षणको पर्खाइमा ‘सात तले’ गुफा
-
गणेश नेपालीहरू हेपिन तयार छैनन् : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण