मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

विलासिताका वस्तु आयातमा कटौती गरौं : प्रमीला कुमारी

बुधबार, १३ वैशाख २०८०, १५ : २६
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य प्रमीला कुमारी यादवले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन् ।  

उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताइन् । उनले देशमा दिनानुदिन भ्रष्टाचार बढिरहेको भन्दै बिचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको बताइन् । 

उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन् । उनले न्यून बजेट विनियोजनका कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन नसकेको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप