इटहरीको तरहरा–सेउतीको काम तीन दिनभित्र सुरु गर्ने लिखित प्रतिबद्धता
इटहरी । इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक तीन दिनमा काम थाल्ने सहमति भएको छ । निर्माण कम्पनी, इटहरी उपमहानगरपालिका र ६ लेन सडक आयोजनाबीच बुधवार तीन दिनभित्रमा सडकको काम थाल्ने लिखित सहमति भएको हो । इटहरी उपमहानगर क्षेत्रमा निर्माण हुन बाँकी ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक–पटक निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । निर्माण कम्पनीले काम सुधार नगरेपछि उपमहानगरपालिकाले शुक्रवार एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।
उपमहानगरपालिकाले सडक सुस्त ढङ्गले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम समेत दिएको थियो । निर्माण कम्पनीका ठाकुर कँडेलले कालोपत्रे गर्नका लागि केन्द्रीय ल्याब रिपोर्ट आउन १२ दिन लाग्ने र आइतबार (वैशाख १७ गते) देखि धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताए ।
‘इष्टमेटभन्दा ५० लाखभन्दा बढीको पनि काम भयो,’ उनले भने, ‘कोरोना पछिको आर्थिक समस्याले केही ढिलाइ हुन पुग्यो ।’ कँडेलले असार मसान्तसम्म मुख्य कामहरू सक्ने प्रतिबद्धता जनाए । विराटनगर–धरान सडक खण्ड अन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ । सडक निर्माणको ठेक्का हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले लिएको छ ।
तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएको सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तीनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पुर्याएको छ । दुई वटा सडक खण्ड एकै पटक ठेक्का लागेको थियो । ‘निर्माण कम्पनीकै कारणले तरहरादेखि सेउतीसम्मको सडक निर्माणमा ढिलाइ भएको हो,’ ६ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यले भने, ‘निर्माण कम्पनीले इच्छाशक्ति देखाए तोकिएको समयमा काम पुरा हुनेछ । चाँडो काम सुरु गर्दा एक लाइन मात्र भए पनि कालोपत्रे गरेमा सहज हुनेछ ।’
पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । ६ लेन आयोजनाले भने चाँडो सडक नथाल्दा तोकिएको समयमा सडक पुरा नहुने अवस्था छ । ‘सडक पुरा सक्न निर्माण कम्पनीलाई ताकेता गरेर थुप्रै पटक पत्राचार गरिएको छ,’ शाक्यले भने, ‘जति सिरियस हुनुपर्ने त्यो मात्रमा भएको पाइएको छैन ।’ इटहरीका मेयर हेमकर्ण पौडेलले निर्माण कम्पनीले लिखित प्रतिबद्धता व्यक्त गरेको समयमा सडक पुरा हुने विश्वास गरे । कोसी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ । बाँकी रहेको दुहबी बजारमा पनि नगरपालिकाले जग्गा ओगटेर बनाएका चालीस वटा घर भत्काएको छ ।
घर भत्काएसँगै ६ लेन सडक विस्तार गर्न अब दुहबी बजार क्षेत्रमा पनि सहज भएको छ । इटहरीको चौरास्त चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकारभित्र पर्ने घर नहटाउँदा सडक विस्तार हुन समस्या भएकोमा एक महिनाअघि उपमहानगरपालिकाकै अगुवाइमा घर भत्काइएको थियो । २०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पुरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण