शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मकै बारीमा लुकाएर राखिएको १४ बोरा गाँजा बरामद

बुधबार, १३ वैशाख २०८०, १६ : ५८
बुधबार, १३ वैशाख २०८०

मोरङ । मोरङ प्रहरीले लुकाएर राखिएको अवस्थामा १४ बोरा गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका वडा नम्बर २ बेरियारी टोलस्थित मजेबुल मियाँको  मकै बारीमा लुकाएर राखिएको ४२२.३३ किलो ग्राम परिमाणको सो गाँजा प्रहरीले बरामद गरेका हो । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको र यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप